प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै « Khabarhub

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कँदै छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कार्यक्रममा सहभागी भएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज बिहान स्थानीय समयअनुसार ११ बजे द्विपक्षीय वार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित र दुई देशबीचको सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

उच्चस्तरीय वार्तापछि दुवै देशबीच विभिन्न सहयोग तथा विकास परियोजनासम्बन्धी समझदारी र सम्झौता भएका थिए । त्यसैगरी, केही परियोजनाको संयुक्त रूपमा शिलान्याससमेत गरिएको थियो ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले आजै नयाँदिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी गराएका थिए ।

यसैक्रममा प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

यसअघि आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह आज साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : ४३ बजे

कार्तिक नाच हेर्दै प्रधानमन्त्री पत्नी काफ्ले (तस्बिरहरू) 

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी नेपाल-भारत संयुक्त वक्तव्यमा के छ ?

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणका क्रममा

मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा

चितवन– गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सकेर आजै स्वदेश फर्कंदै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा

यमनमा साउदीको आक्रमण, १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी– यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको हवाई आक्रमणमा