शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रूपैयाँ २१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९९ रूपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रूपैयाँ ४५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९८ पैसा र बिक्रीदर २१ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३९ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ १५ पैसा र बिक्रीदर ४० रूपैयाँ ३१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६७ पैसा र बिक्रीदर चार रूपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४० रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १५ पैसा र बिक्रीदर १६ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९२ पैसा र बिक्रीदर २३ रूपैयाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रूपैयाँ ०८ पैसा र बिक्रीदर ३८१ रूपैयाँ ६४ पैसा रहेको छ। यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : ३६ बजे

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को