अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी « Khabarhub

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन् । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको जनाइएको छ । 

कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध १६, व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध सात, बन्दीपुर गाउँपालिकाविरुद्ध सात, म्याग्दे गाउँपालिकाविरुद्ध चार, भिमाद नगरपालिकाविरुद्ध एक र घिरिङ गाउँपालिकाविरुद्ध एक उजुरी परेको छ । ऋषिङ गाउँपालिकाविरुद्ध भने उजुरी नपरेको पराजुलीले बताए । 

यस्तै जिल्लामा गत आवको जिम्मेवारी सरी आएका २७ वटा मुद्दा रहेको छ । गत आव र चालु आवको गरी एक सय उजुरी रहेकामा ३८ उजुरी फछर्यौट भएको पराजुलीले जानकारी दिए । देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा बिहीबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पराजुलीले भ्रष्टाचार र अनियमितताविरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय (भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३–२३)का बारेमा जानकारी गराएका थिए । 

कार्यालयका प्रमुख नारायणप्रसाद रेग्मीले आयोगमा उजुरी पर्दैमा डराउनु नपर्ने बताए। उजुरी परेपछि त्यससम्बन्धी निष्पक्ष छानबिन हुने र निर्दोषलाई सफाइ र दोषीलाई कानुनअनुसार कारबाही हुने बताए। देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहले कुनै पनि काम गर्न लाग्दा अख्तियारमा उजुरी हालेर दुःख दिने गरेको बताए।
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : २६ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का