कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने « Khabarhub

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनाएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय आउनेछ। ‘हामी देशभर नयाँ र नविन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौं,’ प्रवक्ता चालिसेले भने।

उनका अनुसार विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको जेन–जी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ। ‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो,’ उनले भने।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। सोही महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए।

यद्यपि सभापति निर्वाचित भएपछिका पहिलो र दोस्रो केन्द्रीय कार्यसमिति बैठक तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि गठित संसदीय बोर्डको बैठक पार्टी केन्द्रीय कार्यालयमा नबसी बाहिर नै बसेका थिए। थापा नेतृत्वको कार्यसमिति आज पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गरी पदबहाली गर्ने कार्यक्रम समेत रहेको छ । ‘आजदेखि केन्द्रीय कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्छ,’ प्रवक्ता चालिसेले भने।

उनका अनुसार केन्द्रीय कार्यसमितिलाई आज निर्वाचन समितिले औपचारिक रुपमा प्रमाणपत्र समेत प्रदान गर्नेछ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेका छन्। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

कांग्रेसभित्र भने विशेष महाधिवेशन आह्वानका क्रममा गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको पहलप्रति तत्कालीन सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएको थियो ।

असहमतिका बीच सम्पन्न भएको विशेष महाधिवेशनबाट गठित नयाँ समितिले पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्न लागेको हो।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ३७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क