ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद « Khabarhub

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि त्यहाँ राजनीतिक र कूटनीतिक वृत्तमा मतभेद देखिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ बिहीबार दावोसमा आयोजित ‘बोर्ड अफ पिस’को आधिकारिक समारोहमा सहभागी भए। कार्यक्रममा पाकिस्तानी सेनाका फील्ड मार्शल सैयद आसिम मुनीर पनि उपस्थित थिए।

ट्रम्पले भारत र पाकिस्तानसहित विभिन्न देशलाई गाजासम्बन्धी ‘बोर्ड अफ पिस’मा सहभागी हुन आमन्त्रण गरेका थिए। भारत सरकारले भने यसबारे अझै कुनै निर्णय गरिसकेको छैन। तर पाकिस्तानले ट्रम्पको निम्तो स्वीकार गर्दै सहभागिता जनाएको हो।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘बोर्ड अफ पिस’मार्फत स्थायी युद्धविराम, फलस्तिनीहरूका लागि मानवीय सहायता विस्तार र गाजाको पुनर्निर्माणमा ठोस कदम चालिने अपेक्षा व्यक्त गरिएको छ। साथै, यी प्रयासले फलस्तिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने पाकिस्तानको विश्वास छ।

यद्यपि, ट्रम्पको पहलमा बनेको संयन्त्रमा सहभागी हुने निर्णयलाई लिएर पाकिस्तानभित्र समर्थन र आलोचना दुवै देखिएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ४३ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता