एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी « Khabarhub

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी बनाएको छ । बिहीबार बसेको पार्टी जिल्ला कमिटीको बैठक तथा अभिभुखिकरण कार्यक्रमले पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेको संयोजकत्वमा १५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।

परिचालन कमिटीमा जिल्ला कमिटी, जिल्ला सल्लाहकार कमिटी, निर्वाचन क्षेत्रीय समन्वय कमिटीका, पालिका कमिटी, जनप्रतिनिधि, जनसंगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्लाका पदाधिकारी र वडा कमिटीका सबै पदाधिकारी रहने जनाइएको छ ।

साथै, बिहीबारको बैठकले पार्टीकी केन्द्रीय सदस्य सिमाकुमारी क्षेत्रीको संयोजकत्वमा निर्वाचन परिचालन हाइकमाण्ड, चक्रबहादुर पराजुलीको नेतृत्वमा जिल्ला अनुगमन तथा मूल्यांकन समिति र प्रदेश कमिटि सचिवालय सदस्य सुधिर पौडेलको नेतृत्वमा प्रशासनिक सहजीकरण तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बिहीबारकै बैठकले खड्कराज सुवेदीको नेतृत्वमा स्थानीय जनप्रतिनिधि समन्वय समिति पनि गठन गरेको छ ।

बिहीबार सम्पन्न पार्टीको बैठक तथा अभिमूखिकरण कार्यक्रम जिल्ला पार्टी अध्यक्ष सूर्यप्रसाद गैरेको अध्यक्षता, पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता र पार्टी जिल्ला सचिव रामचन्द्र भट्टराईको सञ्चालनमा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेता महेश पुरीले राखेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सचिव पद्माकुमारी अर्याल, निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार मिनप्रसाद गुरुङ, निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार खिमबहादुर थापा र पार्टीका नेता तथा नेतृहरू सुधिर पौडेल, रामबहादुर थापा, नारायण मरासिनी, सिता सुन्दास, सिमा क्षेत्री लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ३२ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता