काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका खोलानाला सरसफाइ अभियानमा तीव्रता दिएको छ ।
शहर सुन्दर बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय खोलानाला सरसफाइ गर्दै आएको छ ।
सोही अभियान अन्तर्गत महानगरले काठमाडौको अनामनगर क्षेत्रको धोबी खोला, टुकुचा खोला सरसफाइ गरी सकेको छ भने अहिले कामपा १६ स्थित विष्णुमती खोला सरसफाइको काम अगाडी बढाएको छ ।
महानगरका कर्मचारीले खोलामा फालिएका अनावश्यक फोहोर हटाउनुका साथै झाडी सफा गरेका छन् ।
खोलानाला अत्यन्तै दुर्गन्धित हुँदा पानीजन्य रोग बढ्नुका साथै सहरको सौन्दर्यतामा असर परेको भन्दै सरसफाइ गरिएको महानगरले जनाएको छ । साथै महानगरले खोलानालामा फोहोर नगर्न पनि सबैमा आग्रह गरेको छ ।
तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी



























प्रतिक्रिया