यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन « Khabarhub

यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य ठाउँमा कुनै पनि हिसाबमा राप्रपाले गठबन्धन नगर्ने दाबी गरेका छन्।

झापा क्षेत्र नम्बर- ५ र झापा क्षेत्र नम्बर – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा बीच चुनावी तालमेल हुने चर्चापछि खबरहबले सोधेको प्रश्नमा उनले कुनै पनि पार्टीसँग तालमेल नहुने बताए ।

२०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सहयोगमा लिङ्गदेन प्रतिनिधि सभा निर्वाचनमा विजय भएका थिए। यस्तै क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजय भएका थिए। 

यसपटक पनि ओली र लिङदेन बीच सहकार्य हुने धेरैले आकलन गरेका छन् । तर राप्रपा अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीले गरेको फोनको समेत रेस्पोन्स नगरेको कुराहरू बाहिर आएका छन्। 

एमाले अध्यक्ष ओलीसँग चाहिँ सहकार्य गर्नुहुन्छ भन्ने प्रश्नमा लिङदेन भने- ‘यसपटक राप्रपाले कोही कसैसँग सहकार्य गर्दैन जनतासँग सहकार्य गरेर आफूलाई परीक्षण गराउँछ ।’

लिङ्देनले ओलीको फोन नउठाउनु भएको हो भन्ने प्रश्नको भने जवाफ दिन चाहेनन् । यसबारे उनले भने, ‘कहिलेकाहीँ व्यस्त भइन्छ साथीभाइको फोनै उठाउन पाइँदैन ।’

झापाको निर्वाचनमा होली र लिङदेनले अन्तिमसम्ममा सहकार्य गरे क्षेत्र नम्बर ५ मा ओलीलाई विजय हुन र क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङ्देनलाई विजय हुन सहज हुने यहाँको स्थानीयको आकलन छ। 

यस्तै राप्रपाले सहयोग गरेको खण्डमा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहलाई पनि निर्वाचन जित्न सहज हुने स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : ११ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म