यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन « Khabarhub

यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य ठाउँमा कुनै पनि हिसाबमा राप्रपाले गठबन्धन नगर्ने दाबी गरेका छन्।

झापा क्षेत्र नम्बर- ५ र झापा क्षेत्र नम्बर – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा बीच चुनावी तालमेल हुने चर्चापछि खबरहबले सोधेको प्रश्नमा उनले कुनै पनि पार्टीसँग तालमेल नहुने बताए ।

२०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सहयोगमा लिङ्गदेन प्रतिनिधि सभा निर्वाचनमा विजय भएका थिए। यस्तै क्षेत्र नम्बर ५ मा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजय भएका थिए। 

यसपटक पनि ओली र लिङदेन बीच सहकार्य हुने धेरैले आकलन गरेका छन् । तर राप्रपा अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष ओलीले गरेको फोनको समेत रेस्पोन्स नगरेको कुराहरू बाहिर आएका छन्। 

एमाले अध्यक्ष ओलीसँग चाहिँ सहकार्य गर्नुहुन्छ भन्ने प्रश्नमा लिङदेन भने- ‘यसपटक राप्रपाले कोही कसैसँग सहकार्य गर्दैन जनतासँग सहकार्य गरेर आफूलाई परीक्षण गराउँछ ।’

लिङ्देनले ओलीको फोन नउठाउनु भएको हो भन्ने प्रश्नको भने जवाफ दिन चाहेनन् । यसबारे उनले भने, ‘कहिलेकाहीँ व्यस्त भइन्छ साथीभाइको फोनै उठाउन पाइँदैन ।’

झापाको निर्वाचनमा होली र लिङदेनले अन्तिमसम्ममा सहकार्य गरे क्षेत्र नम्बर ५ मा ओलीलाई विजय हुन र क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङ्देनलाई विजय हुन सहज हुने यहाँको स्थानीयको आकलन छ। 

यस्तै राप्रपाले सहयोग गरेको खण्डमा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहलाई पनि निर्वाचन जित्न सहज हुने स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : ११ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र