ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव « Khabarhub

ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप)चुनाव गराउने मार्ग प्रशस्त गरेकी छन्। 

यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उहाँको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्यसहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाइ हुने देखिएको छ ।

गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ । तर यस छोटो अवधिमै उनले करिब ७० प्रतिशतको बलियो अनुमोदन दर कायम गर्न सफल भएकी छन्, जसलाई राजनीतिक रूपमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानसमर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य श्रेष्ठता कायम गर्न खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणका बीच उहाँले रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गरिन् ।

चार सय ६५ सदस्यीय तल्लो सदन विघटनसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुनेछ । सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर ‘बान्जाइ’ अर्थात् ‘दीर्घायु’ भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि तात्कालिक रूपमा सक्रिय भएका थिए ।
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : ४२ बजे

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त