कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना « Khabarhub

कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा पुगेर बैठक राख्दैछन् । आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई अगाडि बढाएर जाने निर्णय गर्न सक्ने महामन्त्री प्रदीप पौडेलको संकेत छ। 

पौडेलका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि थापालाई प्रधानमन्त्री बनाउने कुरामा कांग्रेसमा दुई मत छैन। 

‘सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दैछौँ महत्वपूर्ण निर्णय त गरिहाल्छौँ’, महामन्त्री भने, ‘महत्वपूर्ण निर्णय हुनसक्छ निर्वाचनपछि हामी कसको नेतृत्वमा सरकार गठन गर्छौं त्यसलाई हामी क्लियर पार्न चाहन्छौं।’

काठमाडौँ क्षेत्र नम्बर ४ छोडेर सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दैछन्। उनलाई त्यहाँबाट पूर्व काङ्ग्रेस नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका डा। अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् । 

सिंह स्थानीयवासी हुन् भने थापा टुरिस्ट उम्मेदवार हुन्।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : २१ बजे

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय