शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव « Khabarhub

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ पिस’ (शान्ति बोर्ड) प्रति गम्भीर शङ्का व्यक्त गरेको छ । युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबार मध्यरातपछि सम्पन्न आपतकालीन शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए ।

कोस्टाका अनुसार शान्ति बोर्डको कार्यक्षेत्र, शासन संरचना तथा संयुक्त राष्ट्रसंघको बडापत्रसँगको अनुकूलतासहितका विभिन्न पक्षप्रति ईयूलाई गम्भीर आपत्ति छ । उनले ईयू कुनै पनि प्रकारको दबाबको सामना गर्न तयार रहेको र आफ्ना सदस्य राष्ट्र, नागरिक तथा व्यवसायिक हितहरूको संरक्षण गर्ने स्पष्ट पारे ।

”ईयू आवश्यक उपकरण र क्षमता सम्पन्न छ, र आवश्यक पर्दा ती प्रयोग गरिनेछ,” कोस्टाले भने । ग्रीनल्याण्डसँग सम्बन्धित पछिल्ला अमेरिकी धम्की र अभिव्यक्तिहरूको समीक्षा तथा सम्भावित आगामी कदमबारे छलफल गर्न ईयू नेताहरूले बिहीबार साँझ ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ३३ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले