शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव « Khabarhub

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ पिस’ (शान्ति बोर्ड) प्रति गम्भीर शङ्का व्यक्त गरेको छ । युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबार मध्यरातपछि सम्पन्न आपतकालीन शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए ।

कोस्टाका अनुसार शान्ति बोर्डको कार्यक्षेत्र, शासन संरचना तथा संयुक्त राष्ट्रसंघको बडापत्रसँगको अनुकूलतासहितका विभिन्न पक्षप्रति ईयूलाई गम्भीर आपत्ति छ । उनले ईयू कुनै पनि प्रकारको दबाबको सामना गर्न तयार रहेको र आफ्ना सदस्य राष्ट्र, नागरिक तथा व्यवसायिक हितहरूको संरक्षण गर्ने स्पष्ट पारे ।

”ईयू आवश्यक उपकरण र क्षमता सम्पन्न छ, र आवश्यक पर्दा ती प्रयोग गरिनेछ,” कोस्टाले भने । ग्रीनल्याण्डसँग सम्बन्धित पछिल्ला अमेरिकी धम्की र अभिव्यक्तिहरूको समीक्षा तथा सम्भावित आगामी कदमबारे छलफल गर्न ईयू नेताहरूले बिहीबार साँझ ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ३३ बजे

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट