राप्रपा उम्मेदवार कर्भिकाको उम्मेदवारी फिर्ता, अमेरिकी पीआर लिएको स्वीकार « Khabarhub

राप्रपा उम्मेदवार कर्भिकाको उम्मेदवारी फिर्ता, अमेरिकी पीआर लिएको स्वीकार


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।

उनले अमेरिकी पीआर लिएको स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। अध्ययनका क्रममा अमेरिकी पीआर लिएकी उनले त्यो तागेको समय तीन महिना पूरा नभएपछि संविधानत: उनी उम्मेदवार हुन अयोग्य हुन्। उनी राप्रपा नेता निरञ्जन थापाकी छोरी हुन् ।

नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा लिएको स्थायी आवास अनुमति (पीआर) त्यागेको तीन महिना पूरा भएपछि मात्रै उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था छ । उक्त अवधि पूरा नभइसकेकाले उम्मेदवारीबा पछि हटेको बताएकी छन् ।

उनलाई पार्टी केन्द्रले नै उम्मेदवारीबाट पछि हट्न सुझाएको थियो । उनले पार्टी निर्देशनपछि संविधानको मर्म र भावनाअनुसार उम्मेदवारी फिर्ता लिएको जानकारी वक्तव्य निकालेर दिएकी छन् ।

थापाले पढ्न जाँदा अमेरिकामा स्थायी आवास अनुमति पत्र लिए पनि नेपाली नागरिकता र राहदानी यथावत रहेकी बताएकी छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ५७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क