राप्रपा उम्मेदवार कर्भिकाको उम्मेदवारी फिर्ता, अमेरिकी पीआर लिएको स्वीकार « Khabarhub

राप्रपा उम्मेदवार कर्भिकाको उम्मेदवारी फिर्ता, अमेरिकी पीआर लिएको स्वीकार


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।

उनले अमेरिकी पीआर लिएको स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। अध्ययनका क्रममा अमेरिकी पीआर लिएकी उनले त्यो तागेको समय तीन महिना पूरा नभएपछि संविधानत: उनी उम्मेदवार हुन अयोग्य हुन्। उनी राप्रपा नेता निरञ्जन थापाकी छोरी हुन् ।

नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा लिएको स्थायी आवास अनुमति (पीआर) त्यागेको तीन महिना पूरा भएपछि मात्रै उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था छ । उक्त अवधि पूरा नभइसकेकाले उम्मेदवारीबा पछि हटेको बताएकी छन् ।

उनलाई पार्टी केन्द्रले नै उम्मेदवारीबाट पछि हट्न सुझाएको थियो । उनले पार्टी निर्देशनपछि संविधानको मर्म र भावनाअनुसार उम्मेदवारी फिर्ता लिएको जानकारी वक्तव्य निकालेर दिएकी छन् ।

थापाले पढ्न जाँदा अमेरिकामा स्थायी आवास अनुमति पत्र लिए पनि नेपाली नागरिकता र राहदानी यथावत रहेकी बताएकी छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ५७ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले