झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन « Khabarhub

झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा गएर मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

झापाको क्षेत्र नं. ५ को क्षेत्रीय समन्वय कमिटीको शुक्रबार बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टीपंक्ति जनताको घरघरमा पुगेर मतदातालाई विश्वस्त तुल्याउनु पर्ने बताए ।

अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको बताए ।

केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न पनि निर्देशन दिए। । उनले दृढताकासाथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिएका छन् ।

‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ? त्यति बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुप‍र्‍थयो’, अध्यक्ष ओलीले भने ‘अहिले गाउँ टोलसम्मै पिच सडक पुगेको तपाईंहरूले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ । ’

अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गरे ।

नवयुवाहरुले सुरू गरेको आन्दोलन र उठाएका मागहरू नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उनको भनाइ छ ।

‘ती घटनाहरु देखाएर एमालेलाई दोषी करार गर्न खोजिँदैछ’ अध्यक्ष ओलीले भने, ‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नुपर्छ । यसका लागि सम्पूर्ण पार्टीपंक्तिलाई जनताका घर-घरमा पुर्‍याऊँ । हरेक मतदातासँग सम्पर्क बढाऊँ ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : १७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र