झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन « Khabarhub

झापा ५ मा हरेक घरका मतदातासँग सम्पर्क बढाउन कार्यकर्तालाई ओलीको निर्देशन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा गएर मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

झापाको क्षेत्र नं. ५ को क्षेत्रीय समन्वय कमिटीको शुक्रबार बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टीपंक्ति जनताको घरघरमा पुगेर मतदातालाई विश्वस्त तुल्याउनु पर्ने बताए ।

अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको बताए ।

केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न पनि निर्देशन दिए। । उनले दृढताकासाथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिएका छन् ।

‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ? त्यति बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुप‍र्‍थयो’, अध्यक्ष ओलीले भने ‘अहिले गाउँ टोलसम्मै पिच सडक पुगेको तपाईंहरूले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ । ’

अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गरे ।

नवयुवाहरुले सुरू गरेको आन्दोलन र उठाएका मागहरू नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उनको भनाइ छ ।

‘ती घटनाहरु देखाएर एमालेलाई दोषी करार गर्न खोजिँदैछ’ अध्यक्ष ओलीले भने, ‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नुपर्छ । यसका लागि सम्पूर्ण पार्टीपंक्तिलाई जनताका घर-घरमा पुर्‍याऊँ । हरेक मतदातासँग सम्पर्क बढाऊँ ।’

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : १७ बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता