कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस् « Khabarhub

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन २१ गतेको निर्वाचनमा आफ्नो क्षेत्र नछाड्न निर्देशन दिएका छन्।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारहरू र कार्यकर्तालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘कोही पनि साथीले आफ्नो क्षेत्र छाडेर बाहिर नजानु होला । मेरै क्षेत्र सर्लाही ४ मा आउँछु भन्नेको संख्या ५ सय भन्दा माथि छ’, उनले भने, ‘तपाईंहरू आफ्नो क्षेत्रका उम्मेदवार जिताउन प्रतिबद्ध भएर खटिनु होला। बाहिरबाट मलाई सघाउन पनि आउनु पर्दैन । सर्लाहीमै मलाई सघाउने साथीहरू पर्याप्त हुनु हुन्छ ।’

उनले आफ्नो जुन क्षेत्र हो, त्यसैमा चुनावी अभियान चलाउन निर्देशन दिँदै बाहिरबाट जाँदा निर्वाचन अभियानमा समस्या हुने पनि बताए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : १८ बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित