कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस् « Khabarhub

कांग्रेस कार्यकर्तालाई गगनको निर्देशन : आफ्नो क्षेत्र छाडेर अन्त नजानुस्


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूला आगामी फागुन २१ गतेको निर्वाचनमा आफ्नो क्षेत्र नछाड्न निर्देशन दिएका छन्।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारहरू र कार्यकर्तालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘कोही पनि साथीले आफ्नो क्षेत्र छाडेर बाहिर नजानु होला । मेरै क्षेत्र सर्लाही ४ मा आउँछु भन्नेको संख्या ५ सय भन्दा माथि छ’, उनले भने, ‘तपाईंहरू आफ्नो क्षेत्रका उम्मेदवार जिताउन प्रतिबद्ध भएर खटिनु होला। बाहिरबाट मलाई सघाउन पनि आउनु पर्दैन । सर्लाहीमै मलाई सघाउने साथीहरू पर्याप्त हुनु हुन्छ ।’

उनले आफ्नो जुन क्षेत्र हो, त्यसैमा चुनावी अभियान चलाउन निर्देशन दिँदै बाहिरबाट जाँदा निर्वाचन अभियानमा समस्या हुने पनि बताए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : १८ बजे

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा