आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन « Khabarhub

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको उनको सचिवालयले जनाएको छ। 

आशिकाको सचिवालय सदस्य दिनेश रुपाखेतीका अनुसार उनले उम्मेदवारी फिर्ता नलिएको जानकारी गराइएको छ ।

रुपाखेतीका अनुसार अहिले आशिका धादिङमै चुनाव प्रचारप्रसारमा खटिएकी छन् । 

‘आशिका दिदीले उम्मेदवारी फिर्ता गर्नुभएको छैन उहाँले जर्मनबाट पीआर लिनुभएको पनि काहीँ प्रमाण छैन । उहाँमाथि मिडिया ट्रायल गरियो,’ दिनेशले खबरहबलाई भने, ‘उहाँले उम्मेदवारी फिर्ता लिने कुरा काहीँ पनि गरिनुभएको छैन र कसैले पनि फिर्ता लिनुपर्छ भन्नुभएको छैन ।’

दिनेशले जर्मनबाट पीआर लिएको कुरा पुष्टि गरेर देखाउन समेत अरूलाई आग्रह गरेका छन् ।

उता आशिका आफैं पनि गल्छीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर स्पष्टीकरण दिएकी छन् । उनले अधिकृतको कार्यालयमा पुगेर भाइले झुक्किएर उम्मेदवारी फिर्ता लिएको ईमेल पठाइदिएको दाबी गरेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : २४ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका