आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन « Khabarhub

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको उनको सचिवालयले जनाएको छ। 

आशिकाको सचिवालय सदस्य दिनेश रुपाखेतीका अनुसार उनले उम्मेदवारी फिर्ता नलिएको जानकारी गराइएको छ ।

रुपाखेतीका अनुसार अहिले आशिका धादिङमै चुनाव प्रचारप्रसारमा खटिएकी छन् । 

‘आशिका दिदीले उम्मेदवारी फिर्ता गर्नुभएको छैन उहाँले जर्मनबाट पीआर लिनुभएको पनि काहीँ प्रमाण छैन । उहाँमाथि मिडिया ट्रायल गरियो,’ दिनेशले खबरहबलाई भने, ‘उहाँले उम्मेदवारी फिर्ता लिने कुरा काहीँ पनि गरिनुभएको छैन र कसैले पनि फिर्ता लिनुपर्छ भन्नुभएको छैन ।’

दिनेशले जर्मनबाट पीआर लिएको कुरा पुष्टि गरेर देखाउन समेत अरूलाई आग्रह गरेका छन् ।

उता आशिका आफैं पनि गल्छीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर स्पष्टीकरण दिएकी छन् । उनले अधिकृतको कार्यालयमा पुगेर भाइले झुक्किएर उम्मेदवारी फिर्ता लिएको ईमेल पठाइदिएको दाबी गरेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : २४ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी