निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता « Khabarhub

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा सबै धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापामा आज आयोजित अन्तरक्रियामा निर्वाचनका क्रममा समुदायस्तरमा कुनै पनि किसिमको तनाव, द्वन्द्व वा विभाजन हुन नदिने विषयमा सहभागी सबै पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । 

शान्ति र सामाजिक सद्भाव कायम राख्न आपसी सहयोग र समन्वयलाई प्राथमिकता दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

प्रजिअ गेलालका अनुसार सामाजिक सद्भावलाई संस्थागत गर्न प्रत्येक स्थानीय तहमा शान्ति तथा सद्भाव समिति गठन गर्ने निर्णय गरिएको छ । समितिको संयोजक स्थानीय तहका प्रमुख वा अध्यक्ष रहनेछन् । 

यसैगरी उपप्रमुख वा उपाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, धार्मिक समुदायका प्रतिनिधि तथा स्थानीय स्तरमा रहेका सुरक्षा निकायका प्रतिनिधि समितिका सदस्य रहने व्यवस्था गरिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य–सचिव रहनेछन् ।

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबै धर्म र समुदायका नागरिक, बुद्धिजीवी, नागरिक अगुवा तथा धर्मगुरुबीच सहकार्य र समन्वय बढाउने सहमति पनि गरिएको छ । 

निर्वाचनका क्रममा कुनै पनि अवाञ्छित गतिविधि देखिएमा सबै पक्षको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी वातावरण सहज बनाउने निर्णय गरिएको प्रजिअ गेलालले बताए ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : २२ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष