धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त  « Khabarhub

धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त 


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति धादिङमा भएको बस दुर्घटनामा ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले घटनाका मृतकप्रति श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको बस गएराति धादिङको भैँसीगौँडास्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । घटनामा २६ यात्रु घाइते भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : २९ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको