बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा « Khabarhub

बालेनको ‘वाचापत्र’ सार्वजनिक, भ्रष्टाचारविरुद्ध उभिने सङ्कल्प: यी हुन् प्रमुख बुँदा


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन् । उनले सङ्घीय सांसदको हैसियतले गर्ने काम उक्त वाचापत्रमा समेटेका छन् ।

‘मेरो प्रतिबद्धता’ अन्तर्गत उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका र पर्यटन तथा उद्योग क्षेत्रमा गर्न चाहेका योजनारू उल्लेख गरेका छन् । खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिका क्षेत्रमा आफूले गर्ने कार्य उनले बुँदागत रूपमा वाचापत्रमा प्रस्तुत गरेका छन् ।

“स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकारको प्रत्यायोजन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछु,” वाचापत्रमा उनले लेखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वय तथा सहकार्यमार्फत वाचापत्रमा उल्लिखित कामहरू पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

उनले आफूले राजनीतिलाई पेसा नभई सेवाका रूपमा लिने स्पष्ट पारेका छन् । बेथिति र भ्रष्टाचारविरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिने अठोट व्यक्त गर्दै उनले भनेका छन्, “राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”

यी हुन् प्रमुख बुँदा

पूर्वाधार
स्वास्थ्य
कृषि तथा रोजगारी
भूमि व्यवस्थापन
वातावरण
महिला तथा बालबालिका
पर्यटन तथा उद्योग
सुशासन
शिक्षा
कला, संस्कृति र खेलकुद

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १० : १७ बजे

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले