गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल  « Khabarhub

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला पिटर्स याहियाले भेट गरेकी छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसङ्घले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धिलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । 

साथै उनले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

भेटमा गृहमन्त्री अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्तिसुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रूपमा काम गरिरहेको बताए।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागूऔषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचबिखनलगायत क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरिन्।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : ०४ बजे

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)