मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु « Khabarhub

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।

बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने बताए। 

उनले भने, ‘निर्वाचनलाई तनावका रूपमा लिन हुँदैन । कठिनाइ आउन सक्छन्, तर त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ । निर्वाचनलाई सफल पार्न सबैले लाग्न जरूरी छ ।’

प्रमुख निर्वाचन अधिकृत दाहालले केन्द्रमा आउने अशक्त, अस्वस्थ र जेष्ठ नागरिकलाई सहज रूपमा मतदान गर्ने अवस्था बनाउन ध्यान दिन आग्रह गरे। 

‘सबैलाई सहज रूपमा मतदान गर्ने र निर्वाचन प्रक्रियामा सहभागी हुने अवस्था बनाउने दायित्व हामी सबैको हो । खास गरी मतदान सम्पन्न गर्न जिम्मेवारी तोकिएका व्यक्तिले आचरण र अनुशासनलाई ख्याल गर्नुपर्छ’, उनले भने,’आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको छ । त्यसको उल्लंघन भएमा विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुन्छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरे वा नगरेको बारे निगरानी हुने बताए। उनले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सर्तकता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधिअनुसार कडाइ गर्न निर्देशन दिए। 

प्रमुख जिल्ला अधिकारी तामाङले सुरक्षा संवेदनशीलालाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गरे।

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार सय तीन मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा आठ सय मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी भएका छन् । प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत गरिने निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : १९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित