दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ ।
      
न्यायाधीशद्वय डा नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । 

प्रसाईँका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ ।
      
आदेशमा भनिएको छ, ‘जिल्ला प्रहरी परिसर काठमाडौँको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२/११/०४ को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू ।’

अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ । प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ३२ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली