प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल « Khabarhub

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।

सोमबार चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने लगायतका प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषयलाई कार्यान्वयन गरेरै छाड्ने बताएका हुन् । 

अहिले देखिएका राष्ट्रिय समस्याहरुलाई कांग्रेसले स्पष्ट रुपमा उजागर गरेको भन्दै समस्याको समाधान पनि कांग्रेसले नै गर्ने उनले बताए ।

पौडेलले रोजगारी सिर्जना, प्रशासनिक व्यवहारलाई सरलीकृत गर्ने लगायतका विषयमा आवश्यक कानुन निर्माण गर्न प्रभावकारिता बढाउने धारणा राखे ।  

पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा पनि सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्ने, क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने, ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लगायत उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : २४ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक