ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’ « Khabarhub

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले परिचिति तुल्सी अधिकारीविरुद्ध प्रहरीले एकसाथ तीनवटा मुद्दामा अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले तुलसा कलेक्सनकी सञ्चालिका अधिकारीमाथि ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जनाएको छ।

परिसरलले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै यसबारे औपचारिक धारणा सोमबार सार्वजनिक गरेको हो ।

परिसरका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी र तुल्सी अधिकारीसमेत प्रतिवादी भएको ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दा गत साउन २२ गते नै दर्ता भएर अहिले अनुसन्धान अघि बढाइएको छ। उता तुल्सा भने अहिले भागेर चीनमा लुकिरहेको बताइएको छ ।

यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक, ललितपुरबाट समेत सुझावसहित उनीविरुद्ध उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ। परिसरका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले अनुसन्धानमा रहेको कानूनी प्रक्रियामा सहयोग गर्न पनि भनेका छन् ।

विभागमा २०८१ फागुन १९ गते तुल्सी अधिकारीको नाममा दर्ता भएको उजुरी र नागरिकता विवरणमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुनवल नगरपालिका–६ सँग मेल खाएको देखिएपछि सम्बन्धित कागजात संलग्न गरी एकै ठाउँ राखेर थप अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ऐनको दफा ३(१) का खण्ड (क), (ख) र (ग) ले निषेधित गरेका क्रियाकलापमाा उनीमाथि अनुसन्धान भएको हो । उनीविरुद्ध गैरकानूनी स्रोतबाट आर्जित सम्पत्तिको रुपान्तरण वा हस्तान्तरण जस्ता पक्षको विश्लेषण गरी प्रमाण संकलन गर्ने काम भइरहेको विभागले जनाएको छ।

हाल अधिकारीविरुद्ध तीनवटै कसुरमा अनुसन्धान जारी रहेको परिसरले स्पष्ट पारेको छ। अनुसन्धानकै क्रममा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत् फोटो, भिडियो र सूचना सार्वजनिक गरी अनुसन्धान प्रभावित पार्ने कार्य नगर्न प्रहरीले भनेको छ।

यस्ता गतिविधि आफैंमा थप अनुसन्धानको विषय बन्न सक्ने चेतावनी पनि दिइएको छ। कानूनबमोजिम भइरहेको अनुसन्धानमा सम्बन्धित निकायसमक्ष उपस्थित भई आफ्ना भनाइ राख्न पनि परिसरले आग्रह गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ४१ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको