‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’ « Khabarhub

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न नसकेको सरोकारवालाहरूले जनाएका छन् । 

विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको पत्रकार अन्तर्क्रिया कार्यक्रममा सहभागी विज्ञ तथा स्वास्थ्यकर्मीहरुले पर्याप्त जनचेतना नहुँदा क्षयरोग न्यूनीकरण र नियन्त्रणमा समस्या देखिएको बताएका हुन् । 

कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगी भेटिने गरेका छन् । तीमध्ये ठूलो संख्यामा बिरामी समयमै उपचारका लागि स्वास्थ्य संस्थामा नपुग्दा अवस्था गम्भीर बन्ने गरेको बताइएको छ । विज्ञहरूका अनुसार करिब २८ हजार क्षयरोगी उपचारका लागि नआउँदा उनीहरू मृत्युको उच्च जोखिममा पर्ने गरेका छन् । 

नेपालमा हरेक वर्ष करिब १६ हजार व्यक्तिको क्षयरोगकै कारण ज्यान जाने गरेको तथ्यांक पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । स्वास्थ्य कार्यालय मोरङका क्षयरोग तथा कुष्ठरोग अधिकृत मुलुकचन्द राजवंशीले क्षयरोग अत्यन्त संक्रामक रोग भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको बताए ।

 उनले एक क्षयरोगीले औसतमा १० जनासम्मलाई संक्रमण सार्न सक्ने भएकाले यस विषयमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । 

सहभागीहरूले क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम, स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायका प्रतिनिधिहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । 

साथै बिरामीहरूलाई लुकाउने प्रवृत्ति हटाएर समयमै उपचारमा ल्याउन सके मात्रै क्षयरोग नियन्त्रण सम्भव हुने धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : ५५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले