गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका « Khabarhub

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षाकर्मीका प्रमुखहरूलाई सुकुम्बासी हटाउन दिएको निर्देशनसँगै अर्थशास्त्री रोकाले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएका हुन् ।

उनले आर्मी, शसस्त्र प्रहरीलाई परिचालन गरेर बाँदरलाई गाउँमा आउन निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘सहरमा सुकुम्बासी बस्न निषेध गर्नु भन्दा, गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउनुस् सरकार । शसस्त्र पुलिस र आर्मी वा अरु को  को हुन्छ लगाउनुस्  र बाँदरलाई गाउँमा आउन निषेध गर्नुस्, सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ ।’

उनले सरकारलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र भूमिसुधार लगायत एकीकृत ग्रामीण विकासमा ध्यान दिन समेत आग्रह गरेका छन् । उनले लेखेका छन्– ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र भूमिसुधार लगायत एकीकृत ग्रामीण विकासमा ध्यान दिनुहोस् । त्यत्तिकै सहर कब्जा गर्दिने महामहिम ?’ 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : ३३ बजे

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको