प्रधानमन्त्री कप भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लबको विजयी सुरुवात  « Khabarhub

प्रधानमन्त्री कप भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लबको विजयी सुरुवात 


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लबले विजयी सुरुवात गरेको छ ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा हेल्प नेपाल २५–१३, २५–१७ र २५–१८ ले विजयी भएको हो ।

त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फ विभागीय टोली एपीएफ क्लब र साबिक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । 

एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । खेलमा एपिएफ २५–२३,१७–२५,२५–१९,२५–१९ ले विजयी भएको थियो ।

त्यस्तै पुलिस क्लबले एभरेस्ट भलिबल क्लबमाथि ३–० को सहज जित निकाल्यो । पुलिसले २६–२४, २५–१६ र २५–१८ ले जित हासिल गरेको हो । 

नेपाल भलिबल संघको आयोजनामा भएको बिहीबारबाट सुरु प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  २ : ३७ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको