सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती « Khabarhub

सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूको सम्पर्क केन्द्र नेपालमा दर्ता नहुँदा विद्युतीय अपराधका मुद्दा छिनोफानो गर्न कठिन भएको बताए ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा साइबर बुलिङ र साइबर अपराध नियन्त्रणबारे ब्रिफिङ गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको उल्लेख गरे।

महानिरीक्षक कार्कीका अनुसार फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता प्लेटफर्ममार्फत फेक आइडी बनाउने, गालीगलौज गर्ने, गलत सूचना फैलाउने तथा डिजिटल बैंकिङसम्बन्धी अपराधका घटना बढिरहेका छन्। यस्ता गतिविधिका कारण पीडितलाई छिटो न्याय दिन कठिनाइ भएको उनको भनाइ थियो।

उनले प्रहरी कार्यालयमा साइबर अपराधसम्बन्धी दैनिक ८० देखि ९० वटा उजुरी आउने गरेको जानकारी दिए। गत वर्ष मात्रै साइबर बुलिङ र हिंसासम्बन्धी करिब तीन हजार उजुरी दर्ता भएका थिए भने विद्युतीय अपराधसम्बन्धी कुल १८ हजार ९२६ उजुरी परेको उनले बताए।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या, यौन हिंसा, गालीगलौज तथा मिथ्या सूचना फैलाउने गतिविधि बढ्दै गएको पनि उनले उल्लेख गरे ।

महानिरीक्षक कार्कीले जनशक्ति, प्रविधियुक्त संरचना र कानुनी सुधारको अभावका साथै सामाजिक सञ्जाल सम्पर्क केन्द्र नहुँदा अपराध नियन्त्रणमा चुनौती थपिएको बताए।

‘हामीसँग विद्यमान कानुन पुरानो भइसकेको छ, सामाजिक सञ्जाल व्यवस्थापन विधेयक ल्याउनुपर्ने आवश्यकता छ र विद्युतीय कारोबार ऐन २०६३ संशोधन गर्नुपर्छ,’ उनले भने। साथै विद्यालय, क्याम्पस र समुदायमा डिजिटल सचेतना कार्यक्रमलाई पनि सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ४ : १७ बजे

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

दशरथचन्द– अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक