रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन « Khabarhub

रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र प्रणालीगत बनाउन सात सदस्यीय समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको हो ।

गत वैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार योग्यतामा आधारित उम्मेदवार चयन गर्ने उद्देश्यका साथ यो समिति निर्माण गरिएको पार्टीले जनाएको छ । गठित समितिमा रामकुमार (आरके) ढुंगानालाई सचिवको जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा समिक्षा बास्कोटा, के.पी. खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वर कार्की (रोहन) रहेका छन् ।

समितिले उम्मेदवार छनोटको ठोस रूपरेखा तयार पार्न पार्टीका सबै तहका समितिहरूबाट व्यावहारिक र अर्थपूर्ण सुझावहरू संकलन गर्ने निर्णय गरेको छ । यस प्रक्रियालाई व्यवस्थित बनाउन पार्टीले तल्लो तहदेखि केन्द्रसम्म सुझाव पठाउने निश्चित समयसीमा समेत तोकेको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : ०५ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि