इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत « Khabarhub

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत गरेका छन् ।

हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋण स्वीकृत गर्न राखेको कडा अडानका कारण उक्त ऋण स्वीकृत हुन सकेको थिएन ।

उनले भने, ‘आजको दिन हाम्रो रक्षा र युरोपेली सङ्घसँगको सम्बन्धका लागि महत्वपूर्ण दिन हो । युक्रेनका लागि युरोपेली सहयोगस्वरूप तय गरिएको ऋण दुई वर्षमा ९० अर्ब युरो खुला गरिएको छ । यो महत्त्वपूर्ण छ, चार वर्षभन्दा बढीको पूर्ण मात्रामा युद्धपछि युक्रेनले यस स्तरको वित्तीय निश्चिततालाई सुरक्षित गरिरहेको छ।’ उनी पहिलो किस्ता मे वा जूनसम्म वितरण गर्न आग्रह गरे ।

जेलेन्स्कीले भने, ‘युक्रेनले हतियार उत्पादन, युक्रेनमा अहिलेसम्म उत्पादन नगरेका साझेदारहरूबाट आवश्यक हतियारहरू खरिद गर्न र अर्को जाडोको लागि युक्रेनकोे ऊर्जा क्षेत्र र महत्वपूर्ण पूर्वाधारको पुनः निर्माणमा पैसा खर्च गर्नेछ।’

रूसले हिउँदभरि युक्रेनको पावर ग्रिड र ऊर्जा उत्पादन स्थलहरू ध्वस्त पारेको थियो । चार वर्षको आक्रमणका कारण सबैभन्दा कडा जाडोको बीचमा लाखौंलाई चिसो र अँध्यारोमा जीवन निर्वाह गर्न बाध्य बनाएको थियो । युक्रेनका कतिपय शहर र गाउँमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।

‘यी स्रोतहरूले हामीलाई हाम्रो बिजुली प्रणाली कायम राख्न, महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न र पुनः निर्माणलाई गति दिन मद्दत गर्नेछ,’ युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मीगलले एक्समा लेखेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : २६ बजे

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ