गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु « Khabarhub

गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ । गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ ।   

गौशाला सञ्चालक समितिका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले भेटनरी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा अन्य  प्रक्रिया पूरा गरी बहरगोरु तेह्रथुम पठाइएको जानकारी दिए ।  

फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले गोरु अभावका कारण खेती गर्न कठिनाइ व्यहोरिरहेका विपन्न किसान परिवारलाई उच्च प्राथमिकता दिएर बहरगोरु निःशुल्क रुपमा वितरण गरिएको बताए ।

भिरालो भूवनोटका कारण पहाडमा खेतजोत्न ठूला यान्त्रिक उपकरण प्रयोग गर्न कठिनाइ हुने भएकाले गोरुकै प्रयोग गर्नु  बाध्यता छ ।
  
गौशालाका व्यवस्थापकीय प्रमुख विनोद न्यौपानेले विभिन्न जिल्लाका विपन्न किसानलाई सात हजारभन्दा बढी गाई र गोरु निःशुल्क वितरण गरिसकेको जानकारी दिए । हुर्किएका बहरगोरुलाई संस्थाले बिक्री नगर्ने र विपन्न परिवारलाई निःशुल्क वितरण गर्ने नीति लिएको छ ।  

एघार वर्षअघि स्थापना भएको उक्त गौशालामा हाल दुई हजार ७९९ वटा गाईको संरक्षण भइरहेको छ । छाडा छाडिएका गाईहरू गौशालाले उद्धार गरेर पाल्ने गरेको छ 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ३१ बजे

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो