गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु « Khabarhub

गोलोक गोवर्धन गौशालाले गाउँपालिकालाई दियो ९२ हल बहरगोरु


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– यहाँस्थित गोलोक गोवर्धन गौशालाले तेह्रथुमको फेदाप गाउँपालिकालाई त्यहाँ खेती गर्न ९२ हल बहरगोरु सहयोग गरेको छ । गाईबस्तु पाल्ने चलन यहाँ कम हुँदै गएकाले गोरुको अभाव हुँदै गएको छ ।   

गौशाला सञ्चालक समितिका संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले भेटनरी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा अन्य  प्रक्रिया पूरा गरी बहरगोरु तेह्रथुम पठाइएको जानकारी दिए ।  

फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले गोरु अभावका कारण खेती गर्न कठिनाइ व्यहोरिरहेका विपन्न किसान परिवारलाई उच्च प्राथमिकता दिएर बहरगोरु निःशुल्क रुपमा वितरण गरिएको बताए ।

भिरालो भूवनोटका कारण पहाडमा खेतजोत्न ठूला यान्त्रिक उपकरण प्रयोग गर्न कठिनाइ हुने भएकाले गोरुकै प्रयोग गर्नु  बाध्यता छ ।
  
गौशालाका व्यवस्थापकीय प्रमुख विनोद न्यौपानेले विभिन्न जिल्लाका विपन्न किसानलाई सात हजारभन्दा बढी गाई र गोरु निःशुल्क वितरण गरिसकेको जानकारी दिए । हुर्किएका बहरगोरुलाई संस्थाले बिक्री नगर्ने र विपन्न परिवारलाई निःशुल्क वितरण गर्ने नीति लिएको छ ।  

एघार वर्षअघि स्थापना भएको उक्त गौशालामा हाल दुई हजार ७९९ वटा गाईको संरक्षण भइरहेको छ । छाडा छाडिएका गाईहरू गौशालाले उद्धार गरेर पाल्ने गरेको छ 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ३१ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा