यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य  « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला, सागसब्जी तथा माछालगायत विभिन्न कृषिउपजको दैनिक थोक मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो रु ५०, सानो लोकल गोलभेँडा रु २० र टनेल गोलभेँडा रु ३९ कायम गरिएको छ। आलु रातो (लाम्चो)रु ४८, आलु रातो (गोलो) रु ४७, आलु रातो (मुढे) रु ४८, भारतीय रातो आलु रु ३५, सेतो आलु रु ३५ तथा भारतीय सुकेको प्याज रु ५७ प्रतिकिलो निर्धारण गरिएको छ।

तरकारीतर्फ स्थानीय गाँजर प्रतिकिलो रु ११०, तराई गाँजर ९०, स्थानीय बन्दा रु ३०, स्थानीय काउली रु १००, सेतो मूला २५–३०, लाम्चो भन्टा ५० र डल्लो भन्टा रु ६० कायम गरिएको छ।

सिमी तथा मौसमी तरकारीमध्ये बोडी तने रु १२०, मकै बोडी रु ७०, घिउ सिमी रु १३०, टाटे सिमी रु ९०, भटमास कोसा रु १००, तीते करेला रु ७०, लौका रु ७०, परवर रु ६०, चिचिण्डो ४०, घिरौँला रु १००, झिगुनी ८०, पाकेको फर्सी रु ६०, हरियो फर्सी रु ७०, भिन्डी ८०, पिँडालु रु १०० र इस्कुस रु ६० प्रतिकिलो तोकिएको छ।

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो रु १२०, तोरीको साग रु १२० र हरियो प्याज रु १०० निर्धारण गरिएको छ। च्याउमध्ये कन्य च्याउ रु २८०, डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३२० तथा सिताके च्याउ रु १,००० प्रतिकिलो कायम गरिएको छ।

अन्य कृषिउपजमा कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली रु १२०, चुकन्दर रु ७०, रातो बन्दा रु ४०, सेलरी रु २००, पार्सले रु ५००, पुदिना रु ३००, तामा रु १६०, तोफु रु १६० तथा गुन्द्रुक रु ३५० निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा रु २००, कागती रु २२०, अनार रु ५००, मालदह र दशहरी आँप रु १८०, हरियो तरबुजा रु ७०, जुनार रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, स्थानीय काँक्रो रु ७०, हाइब्रिड काँक्रो रु २५, नास्पाती रु १२०, नेपाली मेवा रु ९०, भारतीय मेवा रु १२०, काँचो नरिवल रु ८० र हरियो नरिवल रु १७० कायम गरिएको छ।

मसलातर्फ अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी ५००, हरियो खुर्सानी (लाम्चो) रु ६०, बुलेट रु ५०, माछे रु ७०, अकबरे रु २५०, भेडे खुर्सानी रु ७०, हरियो लसुन रु १२०, हरियो धनियाँ रु ३००, चाइनिज सुकेको लसुन रु २४० तथा नेपाली सुकेको लसुन रु २०० प्रतिकिलो निर्धारण गरिएको छ।

त्यस्तै, सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३४०, बचुवा माछा रु ३०० र छडी माछा रु ३०० कायम गरिएको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको मूल्य अधिकतम थोक मूल्य भएकाले खुद्रा बजारमा ढुवानी, भण्डारण तथा अन्य व्यवस्थापन खर्चका आधारमा मूल्यमा केही फरक पर्न सक्ने जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : २३ बजे

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा