मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा « Khabarhub

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् । 

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले  बताए।  

यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन् । 
 

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ९ : ०२ बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

‘जीवितहरू भेटेजति उद्धार गरिसक्यौँ, पानी नपरे शव पनि उठाउन थाल्छौँ’

बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह