सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय  « Khabarhub

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

मन्त्रालयले जारी गरेको सन्देशमूलक जानकारीमा नेपालमा प्रत्येक वर्ष हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने उल्लेख गर्दै सर्पदंशलाई सामान्य रूपमा नलिन सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार रातिको समयमा हिँडडुल गर्दा टर्चको प्रयोग गर्ने, खेतबारी वा झाडीमा काम गर्दा बुट र लामो कपडा लगाउने, घर वरिपरिका झाडी सफा राख्ने तथा मुसा नियन्त्रण गर्ने र भुईँमा सुत्नुभन्दा खाटमा सुत्ने बानी बसाल्दा सर्पदंशको जोखिम कम गर्न सकिन्छ ।

सर्पले टोकेमा आत्तिनु नहुने, बिरामीलाई शान्त राख्ने, टोकेको अंगलाई कम चल्ने गरी स्थिर राख्ने र सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, घाउ काट्ने, विष चुस्ने, कसिलो डोरी बाँध्ने तथा धामी–झाँक्री वा घरेलु उपचारमा समय खेर फाल्ने जस्ता कार्य नगर्न पनि मन्त्रालयले सचेत गराएको छ । यस्ता गलत अभ्यासले बिरामीको अवस्था झन् जटिल बन्न सक्ने मन्त्रालयको भनाइ  छ।

मन्त्रालयले सर्पदंशको सबैभन्दा प्रभावकारी उपचार समयमै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय सेवा लिनु रहेको उल्लेख गर्दै सही समयमा उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिने जनाएको छ ।

सर्पदंशबाट हुने जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउन र सही जानकारी साझा गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १ : ०२ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली