कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन « Khabarhub

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीगीता चौधरीको राजीनामा माग गरेका छन् । 

आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल  सरकार´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमन्त्री चौधरीको राजीनामा माग गरेका हुन । 

`यो सरकार किसान मारा सरकार जस्तो भयो । कृषिप्रधान देशको मुख्यवाली धान रोपाईको समयमा अहिले किसानले मलखाद्य पाउन सकिरहेका छैनन् । किसानलाई मलखाद्य दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन । किसानलाई मलखाद्य दिन नसकने असफल कृषि मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,´ आजपा अध्यक्ष साहले भने । 

दुईतिहाईको शक्तिशाली सरकार भएपनी किसानले सरकार भएको अनुभूति गर्न नसकेको गुनासो सभागीहरुले गरेपछि आजपा अध्यक्ष साहले यो सरकारलाई असफल हुने छुट नभएको बताउँदै किसानका समस्या समाधान गर्नुपर्ने बताए । 

नेपालमा सरकारले किसानलाई मलखाद्य उपलब्ध  गराउन नसकेको, किसानका समस्या समाधान गर्न नसकेको बताउँदै भारतबाट मलखाद्य ल्याउँदा किसानलाई  दुःख दिने काम आफूलाई स्वीकार्य नभएको बताए । 

तराई-मधेसका साथै देशैभरीका किसान अहिले पीडामा रहेपनी प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई केहिपनी नदिने तर छिमेकबाट किसानले मल ल्याउँदा खोस्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे । 

चुनावका बेला ठुलो कुरा गर्ने तर कुर्सीमा पुगेपछि युवा, विद्यार्थी, किसान लगायतका समस्या समाधान गर्नुको साटो सरकार रमिते बनेको टिप्पणी आजपा अध्यक्ष साहले गरे ।   

आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा नेता अशोक लामा, संविधान सभाका सदस्य एंव आजपा नेता आत्माराम साह, सुभाष साह, उमेश कुशवाहा, बिजय यादव, विश्वराज पटेल, राजकिशोर साह लगायतका नेताहरूको विशेष सहभागिता  थियो  ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ३ : २० बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन