मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता « Khabarhub

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता पार्टीबीच शुक्रबार दिल्लीमा वार्ता भएको छ । दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा आयोजना गरिएको वार्ता दिउँसो १२:४० बजेदेखि २:२० बजेसम्म चलेको थियो ।

वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सहभागी थिए भने ककरोच जनता पार्टीको तर्फबाट सौरभ दास र आशुतोष राङ्काले प्रतिनिधित्व गरेका थिए । यसअघि जुलाई २० मा केन्द्रीय मन्त्री जेपी नड्डाको निवासमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो ।

हालसम्म दुवै पक्षबीच भएका कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । वार्ताअघि ककरोच जनता पार्टीका नेताहरूले सरकार आफ्नो दबाबमा परेको र सोही कारण प्रधानमन्त्रीले मध्यराति १२:३० बजे भिडियो सन्देश जारी गर्नुपरेको दाबी गरेका थिए ।

शिक्षा मन्त्रीको राजीनामा नआएसम्म आफ्नो विरोध प्रदर्शन जारी रहने अडान उनीहरूले राखेका छन् । प्रधानमन्त्री मोदीले बिहीबार अबेर राति भिडियो जारी गर्दै सरकारले प्रश्नपत्र लिकविरुद्ध कडा कानुन ल्याउने प्रतिबद्धता जनाएका थिए ।

यसैबीच सम्भावित प्रदर्शन र सुरक्षा स्थितिलाई ध्यानमा राख्दै दिल्ली मेट्रो रेल कर्पोरेसनले नयाँ दिल्लीलगायत १८ वटा मेट्रो स्टेशनहरू अर्को आदेश नभएसम्मका लागि बन्द गरेको छ। ककरोच जनता पार्टीको कोर कमिटीका सदस्य सुधीर सांगवानले दैनिक भास्करलाई दिएको जानकारीअनुसार बैठकको स्थान सरकारको तर्फबाट अन्तिम समयमा परिवर्तन गरिएको थियो ।

सुरुमा तय गरिएको कन्स्टिट्युसन क्लब जन्तर मन्तरबाट मात्र एक किलोमिटरको दूरीमा रहेकाले सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको भन्दै नयाँ स्थान चयन गरिएको स्रोतले जनाएको छ । अर्कोतर्फ, प्रश्नपत्र लिक प्रकरणमा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले घटनापछि सरकारले के-कस्ता सुधारका कदमहरू चाल्यो र छानबिन कहाँसम्म पुग्यो भन्नेबारे स्पष्ट जानकारी पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ३ : १४ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न