न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन « Khabarhub

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून गुणस्तरको भेटिएपछि बिक्री–वितरणमा रोक लगाउँदै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको ‘टिलसेट’ (ओन्डान्सेट्रोन इन्जेक्सन आईपी २ मिलिलिटर) को नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ । 

परीक्षणका क्रममा उक्त औषधि भारतीय औषधि मापदण्ड २०२२ अनुसार मात्रा परीक्षण मा असफल भएको विभागले जनाएको छ ।

उक्त औषधि भारतको ट्याब्लेट्स (इन्डिया)  लिमिटेडले उत्पादन गरेको हो भने नेपालमा येती फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि, बागडोल–४, ललितपुर ले आयात गरेको हो ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न, बजारबाट फिर्ता गर्न तथा फिर्ता गरिएको विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

विभागले चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई पनि उक्त इन्जेक्सन सिफारिस नगर्न, बिक्री नगर्न र प्रयोग नगर्न आग्रह गरेको छ ।

‘टिलसेट’ इन्जेक्सन वाकवाकी र बान्ता नियन्त्रणका लागि प्रयोग हुने औषधि हो । विभागले औषधिको गुणस्तरसम्बन्धी समस्या देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : १२ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ