उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट « Khabarhub

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।

भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगमा आधारित रही आएको उल्लेख गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणहरूले सम्बन्धलाई थप सुदृढ बनाएका बताए । 

उपराष्ट्रपति यादवले नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालका तर्फबाट कृतज्ञता पनि ज्ञापन गरे ।

उनले स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई पनि राखेकामा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी सृजना तथा प्राविधिक सहयोगले नेपालमा ठूलो सहयोग पुगेको पनि उल्लेख गरे ।

राजदूत डा मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै स्वीस सरकार नेपालको उद्योगलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ३६ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न