सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे « Khabarhub

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ परेका शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन् ।

गत असार २२ गते ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको टीकाथलीमा एकजना महिलालाई सार्वजनिक स्थानमा गोप्य अंग देखाएको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्ट २० हजार धरौटीमा छुटेका हुन् ।

उनलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले २० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न शुक्रबार आदेश दिएका हुन् । एकजन भाइरल टिकटकर महिलाले उनीमाथि सार्वजनिक स्थानमा आफूलाई गोप्य अंग देखाएको आरोप लगाएकी थिइन् ।

रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रुपमा कार्यरत भट्टले प्रजिअसामु इन्कारी बयान दिएका थिए । त्यसैगरी अनुसन्धानका क्रममा भट्टले त्यसरी गोप्य अंग प्रदर्शन गरेको पुष्टि हुन नसकेको ठहरसहित प्रशासनले धरौटीमा छाडेको हो ।

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोले मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

उक्त कसुर पुष्टि भट्टले ६ महिनासम्म कैद बस्नुपर्ने थियो । तर ती महिलाले लगाएको आरोप पुष्टि हुन नसकेपछि भट्ट धरौटीमा छुटेका हुन् ।

यसअघि उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गर्न नहुने कसुरमा पटक पटक म्याद लिएर प्रशासनमार्फत् मुद्दा अघि बढाइएको थियो ।

उनका आफन्तले भने सुगरका बिरामी भट्टले पिशाव फेरिरहेका बेला ती महिलाले आधारहीन आरोप लगाएको बताउँदै आएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ४९ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न