वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो  « Khabarhub

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना गुनासो सुन्ने अधिकारी तोकेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको अस्पतालले ‘गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्योट समिति’ गठन गर्दै यस्तो व्यवस्था गरेको हो । 

‘प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान’ भन्ने नारासहित गठन गरिएको समितिको प्रमुख गुनासो सुन्ने अधिकारीमा डा. प्रकाश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।

अस्पतालले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यो पहल गरेको जनाएको छ । समितिअन्तर्गत डा.अनिप जोशी, डा.नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने अधिकारीको जिम्मेवारी तोकिएको छ ।

अस्पताल प्रशासनले सेवाग्राहीका गुनासा तथा उजुरीलाई अस्पतालको सेवा सुधारका लागि महत्त्वपूर्ण पृष्ठपोषणका रूपमा लिइने जनाएको छ । साथै, प्राप्त गुनासो र सुझावलाई समयमै सुनुवाइ गरी आवश्यक समाधान गर्न समिति सधैँ तत्पर रहने अस्पतालको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ४६ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न