आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी « Khabarhub

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन सरकारले कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ । 

आईभीएफ सेवाको नियमन, सेवा मापदण्ड, अनुमति प्रक्रिया र सेवाग्राहीको सुरक्षालाई व्यवस्थित गर्न कार्यविधि तथा छुट्टै ऐन निर्माणका विषयमा छलफल सुरु भएको हो । 

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आईभीएफ क्षेत्रका विज्ञहरू डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा र डा.विनीता थापासँग सेवा नियमनसम्बन्धी विषयमा छलफल गरेकी छन् । 

छलफलमा आईभीएफ केन्द्र सञ्चालनका लागि आवश्यक मापदण्ड, अनुमति प्रणाली, सेवाको गुणस्तर सुनिश्चित गर्ने उपाय तथा सेवाग्राहीको अधिकार र सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सुरक्षित, जिम्मेवार र पहुँचयोग्य प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक कानुनी संरचना तयार गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

नेपालमा पछिल्लो समय बाँझोपनको समस्या र सहायक प्रजनन प्रविधिप्रतिको माग बढ्दै गएको अवस्थामा आईभीएफ सेवालाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको विज्ञहरूले औँल्याउँदै आएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ५२ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ