मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग « Khabarhub

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका दीपक बोहराको मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएपछि उनको शव यथाशीघ्र नेपाल ल्याउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बोहरा केही समयअघि रोजगारीका लागि मलेसिया गएका र करिब एक साताअघि भएको भयङ्कर सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको बताइन्  ।

उनले भनिन्, ‘मृतकका आमाबुबा छोराको शव नेपाल ल्याइदिने प्रतीक्षामा छन् । परिवारले अन्तिम संस्कारका लागि भए पनि शव नेपाल ल्याइदिन आग्रह गरिरहेका छन् ।’

कम्पनीले शव नेपालसम्म ल्याउने प्रतिबद्धता जनाएको भए पनि प्रक्रिया छिटो सम्पन्न गर्न परराष्ट्र मन्त्रालय, मलेसियास्थित नेपाली दूतावास र सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्नुपर्ने उनले बताइन् ।

सांसद सङ्ग्रौलाले मृतक बोहराको शव यथाशीघ्र नेपाल ल्याई परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गरिन् ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  २ : ०९ बजे

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी