उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी « Khabarhub

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा पठाएको पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईंले आनाकानी गरेको आरोप लगाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै थापालाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न अनुरोधसहित पत्र पठाएका हुन्।

राप्रपाका अनुसार पार्टीको निर्णय र निर्देशनविपरीत थापाले संविधानको धारा १६८ (२) बमोजिम बन्ने मुख्यमन्त्रीका लागि पार्टीका सांसदहरूको तर्फबाट आफूखुसी समर्थन जनाउँदै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएका थिए।

उक्त कार्य पार्टीको नीति, निर्देशन र विधानविपरीत भएको भन्दै राप्रपाले त्यसलाई अनुशासनको गम्भीर उल्लङ्घन भनेको छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले थापालाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्ने निर्णय गरिसकेको र सोही निर्णय कार्यान्वयनका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाइएको जनाएको छ।

पत्रमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, बागमती प्रदेशसभा संसदीय दलको निर्णय, पार्टीको निर्देशन, अनुशासन समितिको स्पष्टीकरण तथा सिफारिसलगायतका कागजात संलग्न गरिएको उल्लेख छ।

यसैबीच, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपसभामुख चापागाईंले पत्र दर्ता गर्न आनाकानी गर्नु विडम्बनापूर्ण भएको बताएका छन्। उनले उपसभामुखबाट निष्पक्ष संवैधानिक भूमिकाको अपेक्षा गरिएको बताएका छन्।

श्रेष्ठका अनुसार बागमती प्रदेशसभाकी राप्रपा प्रमुख सचेतक कुमारी तामाङले सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत उद्धव थापालाई पदमुक्त गर्ने पत्र दर्ताको विषय जोडदार रूपमा उठाएकी छन्।

राप्रपाले पार्टीको निर्णयअनुसार थापालाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्नुपर्ने दाबी गर्दै आएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १ : ५२ बजे

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी