ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस् « Khabarhub

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आउने समयमा भारत र चीनबाट हुने स्याउको आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले हिमाली जिल्लाका किसानले कठोर परिस्थितिमा उत्पादन गरेको नेपाली स्याउले बजार नपाउने तर विदेशबाट ठूलो परिमाणमा स्याउ आयात हुने अवस्था अन्त्य गर्नुपर्ने बताए ।

उनले आर्थिक वर्ष २०८१-८२ मा नेपालले १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको तथ्य संसदमा प्रस्तुत गरे। चालु आर्थिक वर्ष २०८२-८३ को साउन महिनामा मात्रै १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको उनले बताए।

शाहीले जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन भए पनि हाल ४ हजार ४९७ हेक्टर अर्थात् ११.७ प्रतिशत जमिनमा मात्रै स्याउ खेती भइरहेको बताए। बाँकी सम्भावित क्षेत्रमा स्याउ खेती विस्तार गर्न सके नेपाललाई आवश्यक पर्ने ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सकिने उनको भनाइ छ।

‘सरकार, जुम्लाका किसानमा एक अर्ब रुपैयाँ लगानी गर्नुहोस्, जुम्ली किसानले देशलाई नौ अर्बको प्रतिफल दिने क्षमता राख्छन्,’ शाहीले भने।

उनले स्याउ उत्पादन विस्तारका लागि किसानलाई गुणस्तरीय बिरुवा, सिँचाइ, सडक, भण्डारण तथा बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरे। कृषि अनुदान वास्तविक किसानसम्म पुग्ने व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।

शाहीले नेपाली किसानको उत्पादनलाई संरक्षण गर्न विदेशी स्याउको आयातलाई व्यवस्थित गर्नुपर्ने बताए। स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर किसानलाई आफ्नै गाउँठाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : ०९ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क