ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस्  « Khabarhub

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा सवारीले किचेर महिलाको हत्या गरिएको घटनामा संलग्न दोषीमाथि हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद महरले कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया नजिकै महाकाली यातायातको बसले बझाङको मष्टा गाउँपालिका–६ की सिन्की बोहरामाथी नियतवश दुर्घटना गराएको आरोप लगाए ।

सानो व्यवसाय गरेर बालबच्चा पालनपोषण गर्दै आएकी बोहरालाई सडकमा लडेपछि पुनः गाडी पछाडि फर्काएर किचेर घटनास्थलमै ज्यान लिएको उनले बताए ।

सांसद महरले घटनापछि विरोधमा उत्रिएका मृतकका आफन्त र स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाए । 

प्रहरीले जबरजस्ती शव उठाएर लैजाने क्रममा मृतकका श्रीमान्माथि लाठी प्रहार गरी घाइते बनाएको उल्लेख गर्दै उनी अस्पतालमा उपचाररत रहेको सदनलाई जानकारी दिए ।

अहिलेसम्म शव नबुझिएको र पीडित परिवार आन्दोलनमा रहेको भन्दै सांसद महरले बालबच्चाको बिचल्ली भएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

उनले घटनाको सत्यतथ्य छानबिन गरी चालक र संलग्न दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ३ : ३० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित