फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति « Khabarhub

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको भन्दै त्यसलाई ‘गैरकानुनी’ कदम भनेको छ ।

मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले चालेको कानुनी कदमको जवाफमा फ्रान्सले गरेको निर्णयले दुई देशबीचको सम्बन्ध सुधारमा कुनै योगदान नगर्ने बताए।

‘इरानको कानुनी कदमको जवाफमा फ्रान्सले चालेको कदम गैरकानुनी हो र यसले द्विपक्षीय सम्बन्धमा कुनै पनि हिसाबले मद्दत गर्दैन,’ उनले भने।

बाकायीले गत साता जुलाईमा इरानको आन्तरिक मामिलामा ‘हस्तक्षेप’ गरेको आरोपमा छोटो समयका लागि पक्राउ परेका दुई फ्रान्सेली कूटनीतिज्ञलाई इरान फर्कन अनुमति नदिइने बताएका थिए ।

त्यसको प्रतिक्रियामा फ्रान्सका विदेशमन्त्री जाँ–नोएल बारोटले फ्रान्समा रहेका दुई इरानी कूटनीतिज्ञलाई आगामी दिनमा निष्कासन गरिने घोषणा गरेका थिए ।

बारोटका अनुसार गत महिना तेहरानमा छोटो समयका लागि हिरासतमा लिइएका फ्रान्सेली कूटनीतिज्ञमाथि भएको असह्‍य व्यवहारको जवाफस्वरूप फ्रान्सले यस्तो कदम चालेको हो ।

उनले ती कूटनीतिज्ञलाई इरानी अधिकारीले ‘कूटनीतिक उन्मुक्तिको गम्भीर उल्लङ्घन’ गर्दै निशाना बनाएको बताए । उनीहरूले इरानको सुरक्षा निकायबाट अत्यन्त गम्भीर प्रकृतिको धम्कीपूर्ण व्यवहार समेत सामना गर्नुपरेको उनको भनाइ थियो ।

यसअघि बाघाइले फ्रान्सेली कूटनीतिज्ञहरूको गतिविधिका लागि पेरिसले माफी माग्नुपर्ने बताए । उनका अनुसार ती गतिविधिले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको उल्लङ्घन गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ४ : ३७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित