मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’ « Khabarhub

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी ९बोर्ड० स्थापना गरिएको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो । “मनकामना मन्दिर दर्शकका लागि दशौँ लाख भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । गोरखाको प्रचारप्रसार गरेमा पर्यटक गोरखाका पर्यटकीयस्थलसम्म पुग्ने र पर्यटन प्रवर्द्धन हुने भएकाले मन्दिर परिसरमा जानकारीमूलक सूचना पाटी राखिएको हो”, सङ्घका अध्यक्ष भगवानबाबु मास्केले भने, “तत्कालका लागि गोरखा नगरपालिकाद्वारा निर्मित श्रव्यदृश्य सामग्री राखिएको छ । अरु थप्दै जाने छौँ ।”

डिजिटल बोर्डमा गोरखा दरबार, गोरखकाली मन्दिर, बज्रभैरव, गोरखा सङ्ग्रहालय, विष्णुपाञ्चायन, रानीपोखरीलगायत गोरखा नगरपालिकाभित्रका साथै जिल्लाका मनास्लुलगायत क्षेत्रका श्रव्यदृश्य समेटिएका सामग्री राखिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले जानकारी दिए । “सुरुवात सङ्घले गरे पनि यसलाई निरन्तर सहयोग नगरपालिकाले गर्नेछ”, उनले भने ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ९ : ५० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका