मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन « Khabarhub

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयको स्थलगत अवलोकनसहित सरोकारवासँग छलफल गरी सतर्कता अपनाउन अनुरोध गरेको हो ।

प्रजिअ अधिकारीले कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउत, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, सम्बन्धित प्राविधिक एवम् अधिकारीसँग स्थलगत रुपमा नै जानकारी लिएका थिए ।

निरीक्षण एवम् छलफलका क्रममा उनले कुलेखानी जलाशय क्षेत्रका साथै यसले प्रत्यक्ष प्रभाव पार्ने स्थानमा सतर्क भएर बस्नुपर्नेमा जोड दिए । भारी वर्षाका कारण जलाशयको बाँधको ढोका खोल्नुपर्ने अवस्थामा जलप्रपवाह हुने तल्लो तटीय क्षेत्रमा क्षति नपुग्ने गरी आवश्यक व्यवस्था मिलाउन उनले निर्देशन दिए ।

यसअघि २०८१ सालमा जलाशय भरिएर एक्कासि बाँधको ढोका खोलिँदा भएको क्षतिबाट पाठ सिक्दै सम्भावित जोखिमलाई दृष्टिगत गरी समयमा नै मानवीय एवम् भौतिक क्षति नहुनेगरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले आग्रह गरे ।

कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख राउतले हाल जलाशय पूर्ण रुपमा नभरिएको बताए । बुधबारसम्म जलाशयको जलसतह एक हजार ५२२ दशमलव ३८ मिटर रहेको उनले जानकारी दिए । जलसतहको अवस्थाका आधारमा सर्वसाधारणका लागि पहिलो, दोस्रो, तेस्रो र चौथो गरी चारवटा चेतावनीका स्तर निर्धारण गरिएको उनको भनाइ छ ।

जलाशयको पानीको अवस्थाअनुसार एक हजार ५२७ मिटरमा जलाशय भरिन लागेको पहिलो चेतावनी, एक हजार ५२८ मिटरमा पानी पूर्ण भएको दोस्रो चेतावनीको अवस्था रहन्छ ।

यस्तै, बाँधका मुख्य ढोका खोलिएको तेस्रो तथा तथा आपत्कालीन चेतावनी गरी चारवटा चेतावनीका सङ्केत र त्यही अनुसार साइरन बज्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

बाँध खोल्नुपर्ने अवस्थामा सूचनाका लागि कुलेखानी जलाशयको बाँध रहेको क्षेत्र, तल्लो तटीय भागमा साइरन जडान गरिएको जानकारी दिँदै उनले आवश्यकताअनुसार ठाउँठाउँमा सूचना बोर्डहरू राख्ने तयारी गरिएको बताए ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष पुडासैनीले जोखिमको न्यूनीकरणका लागि पालिकाका तर्फबाट गर्नुपर्ने साथ र सहयोगका लागि आफूहरू तयार रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जलाशय आसपासका तथा यसको प्रभाव पर्न सक्ने तटीय क्षेत्रका नागरिकलाई सूचित गर्न स्थानीय रेडियो तथा सञ्चारमाध्यमको प्रभावकारी उपयोग गर्न सुझाव दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ८ : २२ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा