रास्वपा सांसद रेग्मीको माग- घर र जमिन सुरक्षित छ कि छैन जाँच्न पर्‍यो « Khabarhub

रास्वपा सांसद रेग्मीको माग- घर र जमिन सुरक्षित छ कि छैन जाँच्न पर्‍यो


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले प्रभावकारी विपद् व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद रेग्मीले विपद् आएपछि उद्धार गर्नुभन्दा समयमै सही सूचना दिएर नागरिकको ज्यान जोगाउनु नै प्रभावकारी विपद् व्यवस्थापन हुने बताए । 

बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय प्रणालीका कारण नेपालका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी आइरहेको र सरकारले नागरिकलाई सुरक्षित रहन तथा घरबाहिर ननिस्कन गरेको आग्रह सकारात्मक रहेको उनले बताए । 

उनले घर र वरपरको जमिन सुरक्षित छ कि छैन भनी जाँच्ने सन्देश जनतासमक्ष पुर्‍याउन अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

बाढी पहिरोको पूर्वसङ्केत देखिएमा जोखिमयुक्त घरभित्रै बसिरहनुको साटो तुरुन्त सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : ११ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र