रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी « Khabarhub

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा बाढीका कारण प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखिएको बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले विपद्को समयमा कोही पनि नागरिक एक्लो छैन भन्ने अनुभूति दिलाउन तथा पुनर्स्थापना, पुनर्वास र संरक्षणका लागि मन्त्रालय मातहतका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गरिएको बताइन् । 

उनले  विपद् प्रतिकार्यलाई एकीकृत बनाउन ’प्रोटेक्सन क्लस्टर’को बैठक बसी बाल संरक्षण, लैङ्गिक हिंसा प्रतिकार्य तथा मनोसामाजिक सहयोग सम्बन्धी संयन्त्र सक्रिय गरिएको जानकारी दिइन् । 

बाढी प्रभावित १५ स्थानीय तहमा बाल संरक्षण सम्बन्धी समन्वय संयन्त्र गठन गरिएको र बालबालिकाका लागि ४० स्थानमा बालमैत्री स्थान सञ्चालन गरिएको उनले बताइन् । 

साथै  ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरिएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र पारिवारिक पुनर्मिलन सेवा सहितको अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको मन्त्री बादीले जानकारी दिइन् । 

उनले नुवाकोटको देवघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराइएको बताइन् । 

ज्येष्ठ नागरिकको दीर्घकालीन पुनर्स्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधासहितको ’ज्येष्ठ नागरिक हेरचाह केन्द्र’ निर्माण गर्ने योजना अघि सारिएको उनले बताइन्।  

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १२ : ४२ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली